शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सचिन तेन्दुलकर अस्पतालमा भर्ना, कोरोना संक्रमण
भर्खरै

सचिन तेन्दुलकर अस्पतालमा भर्ना, कोरोना संक्रमण

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

नयाँ दिल्ली (एएनआई) । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ ।

शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो स्वास्थ्यप्रति चिन्ता र

चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय