बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र यूएनएचसीआरका प्रतिनिधि बीच भेटवार्ता
भर्खरै

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र यूएनएचसीआरका प्रतिनिधि बीच भेटवार्ता

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले यूएनएचसीआरले स्थापना भएदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुसी लागेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । नेपालमा रहेका १ लाख १३ हजार ५ सय भुटानी

शरणार्थीको अन्य देशमा पुनर्वास गर्न यूएनएचसीआरको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अहिले पनि नेपालमा करिब १९ हजारको संख्यामा शरणार्थी रहेको र तीनको व्यवस्थापनमा यूएनएचसीआरको ध्यान पुगेको भन्दै अहिले सम्म शरणार्थीको सेवामा गरेको कामको प्रशंसा गर्नुभयो ।

भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । नेपाल सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय