सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेपाली काँग्रेसको निर्णय
भर्खरै

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेपाली काँग्रेसको निर्णय

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021
file Photo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

त्यस्तै प्रवक्ता शर्माले सरकारले राजीनामा दिएपछिको अवस्थामा के गर्ने भन्ने बिषयमा पनि काँग्रेसले निर्णय लिएको जानकारी दिए । उनले भने – कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ।
बैठकको एजेण्डाका विषयमा सहमति नहुँदा केन्द्रीय

समितिको बैठक बेलुका अबेरमात्रै शुरु भएको थियो ।

सरकारको राजीनामा माग्ने विषयलाई एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि शुक्रवार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेताहरुको अनौपचारिक बैठक बसेको थियो ।

 

अब कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि बोलाइएको छ । त्यो बैठकअघि नै नयाँ सरकार गठनको प्रयास शुरु गर्ने कांग्रेसको तयारी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय