मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जाजरकोटमा मजदुरबीच झडप, एक युवकको ज्यान गयो
भर्खरै

जाजरकोटमा मजदुरबीच झडप, एक युवकको ज्यान गयो

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिए । प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको

आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको डीएसपी थापाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय