बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • त्रिदेशीय कप फुटबल विजेता टोलीका सदस्यलाई जनही चार लाख दिइने
भर्खरै

त्रिदेशीय कप फुटबल विजेता टोलीका सदस्यलाई जनही चार लाख दिइने

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

काठमाडौँ । नेपाल सरकारले त्रिदेशीय कप फुटबलका विजेता टोलीका सदस्यहरुलाई जनही चार लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार – चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको

हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले पनि विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय