मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यानमारको सैन्य दमनविरुद्ध नेपाल स्थित संयुक्त राष्ट्रसंघ कार्यालय अघि प्रदर्शन
भर्खरै

म्यानमारको सैन्य दमनविरुद्ध नेपाल स्थित संयुक्त राष्ट्रसंघ कार्यालय अघि प्रदर्शन

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

काठमाडौं । म्यानमारमा गरिएको सैनिक दमनविरुद्ध संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरिएको छ।

मानवअधिकारकर्मी संगठनले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अघि शुक्रबार विहान प्रदर्शन गरेका हुन्। प्रजातान्त्रिक विचार समाज नेपाल, मानवअधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्‍जालले प्रदर्शन गरेका हुन्।

म्यानमारमा भएको सैनिक दमनविरुद्ध उत्रेका अधिकारकर्मीले ‘म्यानमारमा मानवअधिकार उल्लंघन बन्द गर’, ‘प्रजातन्त्र र नागरिक शासन बहाली गर’,‘नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय