मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ताइवानमा रेल दुर्घटना, ३४ यात्रुको ज्यान गयो
भर्खरै

ताइवानमा रेल दुर्घटना, ३४ यात्रुको ज्यान गयो

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

ताइवान , एजेन्सी । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरू सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।
प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना बढी रेलका डब्बाभित्र च्यापिएर घाइते भएका जनाइएको छ । उद्धार गरिएकाहरूलाई भने अस्पताल पुर्‍याइएको छ ।

अधिकारीहरूले तटीय शहर हुलियान नजिकको सुरुङ

नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।

हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताए ।

स्थानीय संचारमाध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् ।

उक्त दुर्घटना स्थानीय समय अनुसार शुक्रबार बिहान ९।३० बजे भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय