बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने
भर्खरै

काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकेको हो । बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने मुख्य एजेण्डा रहेको केन्द्रीय सदस्य डा। डिला संग्रौलाले जानकारी दिइन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने संग्रौलाको भनाइ छ । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।

संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि

बैठक बस्न सकेको थिएन । कांग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय