मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजबाट शुल्लापाँटा राष्ट्रिय निकुञ्जमा गैडा गणना कार्य सुरु हुने
भर्खरै

आजबाट शुल्लापाँटा राष्ट्रिय निकुञ्जमा गैडा गणना कार्य सुरु हुने

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताउनुभयो । “गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, “गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।”प्रत्येक चार वर्षको अन्तरालमा

निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ वटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो ।

त्यसपछि सन् २०१७ मा पाँचवटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय