मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अभिनेत्री आलियालाई कोरोना संक्रमण
भर्खरै

अभिनेत्री आलियालाई कोरोना संक्रमण

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

मुम्बई,एजेन्सी । अभिनेता प्रेमी रणवीर कपूर कोभिडबाट मुक्त भएको केही साता बित्न नपाउदै उनकी अभिनेत्री प्रेमिका आलिया भट्टलाई कोरोना संक्रमण भएको छ ।

बलिउडमा कार्तिक आर्यन, रणवीर, मनोज वाजपेयी, आमिर खान र तारा सुतारिया जस्ता कलाकारहरु कोभिड संक्रमणमा परिरहँदा अब यो सूचीमा आलिया पनि अटाएकी छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको जानकारी दिएकी छन् । ‘हेलो, म कोभिड संक्रमित भएकी छु । म घरमै छु र मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । चिकित्सकको निर्देशन अनुसार

सबै कोभिड नियमलाई पालना गरिरहेकी छु । तपाईहरु सबैको प्रेम र सहयोगका लागि धन्यवाद । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला’, उनले लेखेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय