मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन पुष्टि भए यो वर्षकै सर्वाधिक बढी कोरोना संक्रमित
भर्खरै

भारतमा एकै दिन पुष्टि भए यो वर्षकै सर्वाधिक बढी कोरोना संक्रमित

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021
Coronavirus on scientific background

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ८१ हजार ४ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीवार मात्रै भारतमा ७१ हजार १ सय ८१ जनामा कोरोना पुष्टि भएको थियो । जुन यस अघि यो वर्ष एकै दिन संक्रमण पुष्टि भएकाहरु मध्ये सर्वाधिक बढि संख्या थियो ।
पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरु संगै त्यहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड २३

लाख २ हजार १ सय १० पुगेको छ ।

त्यसै गरी भारतमा १ करोड १५ लाख २२ हजार ८ सय ८४ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७ सय ९८ जना रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय