शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल – खनाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै
भर्खरै

नेपाल – खनाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै

  • सिधा दृष्टी शुक्रबार, चैत्र २०, २०७७ | April 2, 2021

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेपाल– खनाल पक्षले आज स्थायी कमिटी बैठक बोलाएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिइएको छ ।

नेकपा एमालेको ओली पक्षले आफू पक्षीय नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा र आवश्यक रणनीति बनाउनका लागि बैठक आव्हान गरिएको बताइएको छ ।

एमाले ओली पक्षको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल – खनाल पक्षका नेताहरु नेपाल,

रावल, पाण्डे र भुसालले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरिएको थियो ।

 

ओली पक्षले आफ्नो पक्षका नेताहरुलाई कारबाही गर्ने र पेल्ने रणनीति लिएपछि नेपाल–खनाल पक्ष अहिले देशव्यापी समानान्तर संरचना बनाउने कामलाई तिव्रता दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय