सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
भर्खरै

रसुवामा हिमपात पछि चिसो बढ्यो

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021

रसुवा । हिमाली क्षेत्रमा हिमपात भएपछि उत्तरी रसुवामा चिसोपन बढेको छ । दुई दिनदेखिको वर्षासँगै समुद्र सतहदेखि नौ हजार फिटको उचाइ डिम्सा चन्दनबारीलगायतका क्षेत्रमा हिमपात भएको छ ।

बिहीबार अपराह्नबाट हिउँ पर्न थालेको हो । हाकुडाँडा, नाकथली, धुञ्चेडाँडा, गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हिमपात भएको छ । बेंसीतर्फ सिमसिमे पानी र उच्चभागमा हिमपात हुन थालेपछि हिउँदे प्रमुखबाली गहुँ उत्पादनमा सन्तुलन आउने आशा जागेको स्थानीय किसानले बताएका छन् ।

यस्तै दुई दिनदेखिको वर्षाले वन जङ्गल क्षेत्रमा चिसोपना बढेकाले डढेलो नियन्त्रणमा

समेत राहत मिलेको वन प्राविधिकले बताएका छन् ।फागुनमा रोपण गरिएको लेकाली आलु तथा मकैका लागि चाहिने चिसोपनमा समेत बुधबार र बिहीबारको वर्षाले राहत मिलेको स्थानीयवासी निर्मल शेर्पाले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय