शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार विरुद्धको मुद्दा
भर्खरै

प्रमुख प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार विरुद्धको मुद्दा

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरू विरुद्ध अख्तियारले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासमेत छ जनाले गैरकानूनीरुपमा लाभ हासिल गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पाइएको छ ।
आयोगले इञ्जिनीयर कृष्णप्रसाद कोइराला, सव इञ्जिनीयर लीलाराज भट्टराई, चुरे संरक्षण

पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध रू २४ लाख २७ हजार ५४५ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय