मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यान्मारका सैन्य नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावमा चीनको अस्वीकार
भर्खरै

म्यान्मारका सैन्य नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावमा चीनको अस्वीकार

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा म्यान्मारका सैन्य नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव चीनले अस्वीकार गरेको छ ।

सैन्य नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका छन् ।

यसअघि म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी बीबीसीले जनाएको छ ।

सैन्य ‘कु’ विरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनले म्यान्मारमा गृहयुद्धको खतरा औँल्याइन थालिएको छ ।

अधिकारकर्मीहरूका अनुसार सैन्य कु गरिएको दुई महिनामा पाँच सयभन्दा बढी

प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएका छन्।गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएपछि ब्रिटेनको आग्रहमा सुरक्षा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो।

शनिवारको घटनालाई लिएर विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय