काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेपछि युरोपेली मुलुक फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् ।
लकडाउनमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने उनले बताए । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरेका छन् ।
मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ ।