शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
भर्खरै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । तर निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे बिषयमा अझै एकिन भैसकेको छैन । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको

छैन।

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अन्यौलता छाएको छ । अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेविना सरकार बनाउन माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन अनिवार्य देखिन्छ । तर यी तीन घटकबीच अहिलेसम्म सत्ता समीकरणका लागि साझेदारी बन्न सकेको छैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न माओवादी केन्द्र लागि परेको छ । ओलीको उक्त कदमलाई असंवैधानिक भनेका अरू राजनीतिक दलहरू देखिने गरी प्रधानमन्त्री फेर्न नलागे पनिओलीलाई नै समर्थन गर्न भने नसकिने जनाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय