एजेन्सी । फिफा विश्श्वकप को छनौट खेलमा विश्वकप विजेता जर्मनीले हार बेहोरेको छ । युरोपेली छनौट अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी उत्तरी मेसेडोनियासँग २–१ गोल ले स्तब्ध भएको हो ।
समूह जे मा रहेको जर्मनीलाई उसकै होम ग्राउण्डमा हराउने क्रममा उत्तरी मेसेडोनियाका लागि पान्डेवले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे ।
दोस्रो हाफको ६३औँ मिनेटमा जर्मनीका लागि इल्काइ गुण्डोगानले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर, खेलको ८५ औँ मिनेटमा एल्मासले गोल गर्दै मेसेडोनियाको जित सुनिश्चित
गरे ।
पराजयसँगै जर्मनी ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकसहित उत्तरी मेसेडोनिया दोस्रो स्थानमा रहेको छ ।