मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन थपिए वर्षकै धेरै कोरोना संक्रमित
भर्खरै

भारतमा एकै दिन थपिए वर्षकै धेरै कोरोना संक्रमित

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021
Coronavirus on scientific background

एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पुष्टि भएको कोरोना संक्रमितको संख्या यो वर्ष भारतमा पुष्टि भएको कोरोना संक्रमितहरुको संख्या मध्ये सबैभन्दा बढी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यहाँ कोरोना संक्रमितको कुल संख्या १ करोड २२ लाख

२० हजार ६ सय ६९ पुगेको छ । भारतमा १ करोड १४ लाख ७२ हजार ४ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुल भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २ सय १५ रहेको छ ।

यस्तै कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ९ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४५८ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय