मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत
भर्खरै

घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ ।

महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।

पछिल्लो एक महिनाको अवधिमा नियम उल्लङ्घन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी कारवाही गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ ।

विगतमा प्रहरीलाई आर्थिक अनियमिततामा संलग्न हुन्छन् भन्ने आरोप आउने गरेकाले त्यसलाई चिर्नका लागि घुस फिर्ता अभियान चलाइएको महाशाखाका प्रमुख

प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घुस फिता गरेर कारवाही हुने क्रम भने बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय