मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिनिधि सभाको समानुपातिक सांसदमा जानकी देवी निर्वाचित
भर्खरै

प्रतिनिधि सभाको समानुपातिक सांसदमा जानकी देवी निर्वाचित

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

प्रतिनिधि सभाको समानुपातिक सांसदमा जानकीदेवी राम निर्वाचित भएकी छन्।

निर्वाचन आयोगले नेकपा एमालेको समानुपातिक सांसदमा जानकीदेवी निर्वाचित भएको जनाएको छ।

समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी निर्वाचित भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

जानकीदेवी निर्वाचित भएको संघीय संसद सचिवालयलाई गराउने निर्णय पनि  भएको उनले बताए।

सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गरिएको हो ।सानु शिवाको  गत असोज २८  गते मृत्यु भएको थियो।

जानकीदेवी निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय