काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ।
आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेश गरिएका छन्।
पूर्वसांसदहरू नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ।