शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो
भर्खरै

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021
Coronavirus on scientific background

भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कूल सङ्क्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४

हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय