बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध
भर्खरै

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार राति गरेको सम्बोधनका क्रममा सो कुराको जानकारी दिएका हुन् ।

दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको दक्षिण अफ्रिकाली अधिकारीहरुलाई उद्धृत

गर्दै सिन्ह्वाले जनाएको छ ।

यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ ।

यहाँको स्वास्थ्यसम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ ।

पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय