सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु
भर्खरै

सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका-१ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन शुरु गरिएको धामीको भनाइ छ ।

सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको बताइन्छ

। सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको जानकारी दिँदै उनले चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको बताए ।

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना रहेको र खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‍याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय