शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी भारतको सितामढीमा भेटिए
भर्खरै

घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी भारतको सितामढीमा भेटिए

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामढीमा भेटिएको मेयरले बताए ।

मेयर साहले भने, ‘भारत प्रहरीसँगको सहकार्यमा ती बालिका तथा किशोरीहरुको उद्धार गर्नलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी भारत प्रस्थान गरिसकेको छ । त्यहाँ पुगेपछि सबै विवरण आउनेछ ।’

मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ती बालिका तथा किशोरीहरु बुधबार बिहान सितामढीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल

प्रहरी र सशस्त्र प्रहरीको टोली भारततर्फ अघि बढेको हो ।

घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय