सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • किशोरी बेपत्ता प्रकरण : अपरहणमा परेको हुन सक्ने आशंका
भर्खरै

किशोरी बेपत्ता प्रकरण : अपरहणमा परेको हुन सक्ने आशंका

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

काठमाडौं । महोत्तरीमा घाँस काटन गएका सात किशोरी बेपत्ता भएका छन् । भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरु अपहरणमा परेको हुन सक्ने आशंका गरिएको छ । हराउने किशोरीहरु १० देखि १८ वर्ष सम्मका रहेको प्ररहीले जनाएको छ ।

वेपत्ता हुनेहरुमा वर्ष १८ की अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, वर्ष १५ की रिया पासवान, सोही उमेरकी अर्चना पासवान, वर्ष १३ की ज्योती पासवान, वर्ष १० की रञ्जना पासवान

र सीमा पासवान वेपत्ता भएको प्रहरीको भनाइ छ । यी सातै जना मंगलबार दिउँसो घाँस काट्न भन्दै गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका हराएको भन्दै मंगलवार साँझ करिब नौ बजे परिवारले खबर गरेको र प्रहरीले खोजी कार्य जारी राखेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । हराइरहेका किशोरीलाई कसैले ललाइफकाइ गरेर अपहरण गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । किशोरी हराएको जानकारी पाएपछि नेपाल प्रहरी, शशस्त्र प्रहरी र उनीहरुका आफ्न्त खोजी कार्यमा जुटेका छन् । किशोरीको खोजीमा प्रहरी जुटिसकेको र खोजी कार्यमा प्रगति हुनासाथ थप जानकारी दिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएपी बसन्त कुँवरले ग्लोबल टेलिभिजनलाई जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय