एजेन्सी । छिमेकी मुलुक भारतमा पछिल्लो चौविस घण्टामा ५३ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जुन संख्या अघिल्लो दिन(मंगलवार) को तुलनामा करिव ३ हजारले कम हो ।
यसअघि गत सोमबार भारतमा यो वर्षकै सर्वाधिक ६८ हजार २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४ सय ८७ पुगेको छ । भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त
भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९ सय ३३ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।