शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज प्रतिनिधिसभा बैठक बस्दै, दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने
भर्खरै

आज प्रतिनिधिसभा बैठक बस्दै, दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने भएको छ । दिवंगत भएका सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिने जानकारी दिइएको छ ।

बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।

त्यसअघि बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची पनि रहेको संसद

सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय