सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना
भर्खरै

राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

राष्ट्रपति कोविन्दको सल्यक्रिया सफलतापूर्वक सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । भारतीय राष्ट्रपति कोविन्दको आज मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्न भएकामा खुुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

सल्यक्रिया सफलतापूर्वक सम्पन्न

भारतीय राष्ट्रपति रामनाथ

कोविन्दको मुटुको ‘बाइपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले मङ्गलबार जानकारी गराएको छ ।

‘भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,’ संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा पुष्टि गर्नुभएको छ ।

गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्ली मा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उहाँलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट सल्यक्रिया गर्न दिएको सल्लाहबमोजिम उहाँको मुटुको शल्यक्रिया भएको हो ।

उपचारमा सम्लग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति काविन्दको मुटुकोे सफल शल्यक्रिया भइसकेको र उहाँको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको बताएका सिन्ह्वाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय