आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सल्यानटारमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
भर्खरै

सल्यानटारमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

सन्जु श्रेष्ठ ,धादिङ । धादिङको त्रिपुरा सुन्दरी गाऊँपालिका र ईलाका प्रहरी कार्यालय सल्यानटारको सहकार्यमा मंगलबार पालिका चौकमा सन्देश मुलक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ट्राफिक नियम बारे सर्वसाधारण तथा युवा वर्गलाई जानकारी समेत गराइएको थियो ।
सल्यानटार आसपासका क्षेत्रमा सवारी साधनको चाप बढेकोले ट्राफिक दुर्घटना बढ़न थालेको साथै मोटरसाइकल चोरीको घटनाहरू बढ़न थालेको तथा ट्राफिक नियम पालना गर्दा र नगर्दा के जरिवाना हुन्छ भन्ने बारेमा सवारी धनी र चालकहरूलाई ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब निरीक्षक (सइ) भानुभक्त आचार्यले जानकारी गराउनु भएको थियो ।
कार्यक्रमा त्रिपुरासुन्दरी गाऊँपालिका अध्यक्ष शम्भु कुमार थापा र उपाध्यक्ष देवि कुमारी बुर्लाकोटि तथा वडा न-२ का वडा अध्यक्ष कृष्ण खत्रीको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय