मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रामेछापमा आठ महिनाको अवधिमा ७ओटा जवरजस्ती करणीका मुद्दा दर्ता
भर्खरै

रामेछापमा आठ महिनाको अवधिमा ७ओटा जवरजस्ती करणीका मुद्दा दर्ता

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

रामेछापमा आठ महिनाको अवधिमा ७ ओटा जवरजस्ती करणीका घटना भएका छन् । चालु आर्थिक वर्ष ७७/०७८ को फागुनसम्ममा ७ वटा जवरजस्ती करणीका सहित विभिन्न ४६ वटा घटना जिल्ला प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यस अवधिमा जबरजस्ती करणीका ७, जबरजस्ती करणी उद्योगका ६ , बहुविवाहका ३, आत्माहत्याका २५ , बालयौन दुरुपयोगका २, गर्भपतन गर्न नहुने सम्बन्धी एक वटा, ज्यान मार्ने उद्योग सम्बन्धी दुई वटा, र चोरीका एक वटा गरी जम्मा ४६ वटा मुद्दा दर्ता भएको जनाएको

छ ।

प्रहरीका अनुसार जबरजस्ती करणी सम्बन्धी पाँच मुद्दा फछ्र्यौट भएका छन् भने दुई वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । ती मुद्दासँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको र एक जना फरार रहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताएका छन् ।

त्यस्तै जबरजस्ती करणी उद्योगका ३ वटा मुद्दाको फछ्र्यौट भएका छन् भने ३ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ ।

यस्तै, बहुविवाहका २ वटा मुद्दाको फछ्र्यौट भएको छ भने एउटा मुद्दाको फैसला हुन बाँकी छ । यस्तै बाल यौन दुरुपयोग सम्बन्धी एउटा मुद्दाको फछ्र्यौट भएको र एउटा फछ्र्यौट हुन बाँकी छ ।

गर्भपतन गर्न नहुने एउटा मुद्दा परेकोमा फैसला भैसकेको छ भने ज्यान मार्ने उद्योग सम्बन्धी एउटा मुद्दाको फैसला भएको र एउटा मुद्दाको फैसला हुन बाँकी छ ।

गत आर्थिक २०७६/०७७ को असार मसान्त सम्मको अवधिमा जिल्लामा जबरजस्ती करणी सहित ७९ वटा घटना दर्ता भएकोमा ३८ वटा मुद्दाको फछ्यौट भएका थिए भने ४१ वटा मुद्दा फैसला हुन बाँकी थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय