प्रतिबन्धित औषधिको कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले मोरङका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर–७, मधुमल्ला बजारमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मिक्लाजुङ–७ बस्ने २२ वर्षीय लक्ष्मण भनिने करण लिम्बु र २७ वर्षीय सन्चामान सुब्बा छन् ।
यसैगरी, उर्लाबारी नगरपालिका वडा नम्बर–४, आइतबारे बजारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी–४ बस्ने २७ वर्षीय युवराज कटुवाल, २२ वर्षीय
कमल दाहाल र १९ वर्षीय रन्जीत चौधरीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रतिबन्धित औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।