शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाल यौन दुराचारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ
भर्खरै

बाल यौन दुराचारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक माइकल नोर्मान टेलरलाई पक्राउ गरेको छ ।

६६ वर्षीय टेलरलाई तीन जना नेपाली बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी समेत जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुनासाथ हिजाे उनी प्रहरी फन्दामा परेका हुन् ।

उनी सन् २०१८, २०१९ र २०२१ मा नेपाल आएको प्रहरीले जफत गरेको टेलरको राहदानीबाट खुलेको छ । सन् २०१९ मा नेपाल आउँदा नेपाली बालबालिकामाथि यौन शोषण गरेको उनीमाथि आरोप छ

पछिल्लो पटक गत २१ मार्चमा उनी नेपाल आएका थिए । टेलरले अमेरिकाबाटै नेपाली बालबालिकालाई सम्पर्क गरी यौन दुराचारको मनाशय राखी नेपाल ओर्लेको अनुसन्धानबाट खुलेको सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय