प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता बढ्ने घोषणा गरेका हुन् ।
'सरकार बनाउने वित्तिकै यो किन गरिएन त्यो किन गरिएन भनेर धुम मच्च्याइयो,' उनले भने, ' कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’
सरकारले नि:शुल्क कोरोनाविरुद्ध खोपको व्यवस्था गरेको र २० औं लाख जनताले लगाइ सकेको उनले बताए। प्रधानमन्त्री ओलीले रेल किनेर ल्याइसकेको
र अब छिट्टै सञ्चालमा आउने दावी गरे।