काठमाडौँ । नेप्से सूचक ३२.१५ अंकले बढेर २५७५.६६ विन्दुमा आइपुगेको छ । ६ अर्ब १८ करोड रपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।
ट्रेडिङ र उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३९८.३२ अंकले वृद्धि भएको छ ।
यस्तै माइक्रोफाइनान्स, हाइड्रोपावर, जीवन बिमा लगायतका समूहमा पनि आकर्षक सुधार देखिएको छ । ७ कम्पनीको भाउ ९ प्रतिशत
भन्दा बढी सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।
खरिदबिक्री रकममा ४८ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः निर्धन उत्थान र एनएलजी इन्सुरेन्स रहेका छन् ।