मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ललितपुरको नख्खुमा देखियो बर्ड फ्लु
भर्खरै

ललितपुरको नख्खुमा देखियो बर्ड फ्लु

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

काठमाडौं । ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ गोटा हाँस, ८५४ गोटा लोकल कुखुरा र १५४ गोटा बट्टाई नष्ट गरिएको छ ।

यस्तै

९४४ गोटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको पनि मन्त्रालयले दावी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय