आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हवाई हमलापछि म्यानमारका हजारौं मानिस थाइल्याण्डतर्फ पलायन
भर्खरै

हवाई हमलापछि म्यानमारका हजारौं मानिस थाइल्याण्डतर्फ पलायन

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् ।

करेन समुदायको मुक्तिको लागि म्यानमारमा वर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् ।

करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमाक्षेत्रमा रोकेको थाइ प्रशासनले सोमबार जनाएको छ ।

म्यानमारको सेनाले आइतबार रातिमा तीन वटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवनरक्षाका लागि थाइल्याण्ड सीमा क्षेत्रमा

पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पु¥याउने मानवीय सहयोग निकाय ‘फ्रि बर्मा रेंजर्स’ले बताएको एपीले जनाएको छ । उक्त संस्थाले आक्रमणबाट कसैको हताहत भएको खबर भने नआएको जनाएको छ ।

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा गत शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको सरकारी अधिकारीहरूले दावी गरेका छन् ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय