बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वायु प्रदूषण असर : आजदेखि चार दिनका लागि शिक्षण संस्था बन्द
भर्खरै

वायु प्रदूषण असर : आजदेखि चार दिनका लागि शिक्षण संस्था बन्द

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

काठमाडौँ । तुवालोका कारण वायु प्रदूषण भएपछि देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि बन्द भएका छन् । मंगलवार देखि शुक्रवार सम्म चार दिनका लागि शिक्षणसंस्था बन्द गर्ने सरकारले निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि शुक्रबारसम्मलाई विद्यालय बन्द गरिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिएको छ । साथै स्वासप्रवासमा पनि समस्या देखिने भएकाले सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका छन् ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय