बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा पछिल्लो चौविस घण्टामा ५६ हजार बढि कोरोना संक्रमित थपिए
भर्खरै

भारतमा पछिल्लो चौविस घण्टामा ५६ हजार बढि कोरोना संक्रमित थपिए

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021
Coronavirus on scientific background

एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबारको तुलनामा संक्रमितको यो संख्या करिव १२ हजारले कम हो ।

सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको

संख्या ५ लाख ४२ हजार ३५३ छ ।यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप २६६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय