शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • ६६ औं फिल्मफेयर अवार्ड : इरफान र तापसीलाई उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड
बलिउड / हलिउड

६६ औं फिल्मफेयर अवार्ड : इरफान र तापसीलाई उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021

एजेन्सी । ‘६६ औं फिल्मफेयर अवार्ड’ शनिबार मुम्बइमा आयोजना गरिएको छ । सन् २०२० मा रिलिज भएका चलचित्रहरुबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको समारोहमा बलिउडका चर्चित कलाकार, निर्माता, निर्देशक पुगेका थिए । बलिउडकै प्रतिष्ठित यो अवार्डमा स्वर्गिय नायक इरफान खानलाई ‘अंग्रेजी मिडियम’ चलचित्रबाट ‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिएको छ । यस्तै, उनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरियो ।

इरफानको अवार्ड लिनका लागि उनका छोरा बाबिल खान स्टेजमा पुगेका थिए । यस्तै, नायिका तापसी पन्नूले चलचित्र ‘थप्पड’बाट ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन्

। अवार्ड समारोहमा नायिका तापसी पन्नू, नायक आयुष्मान खुराना, नायिका सन्नी लियोनी, नोरा फतेही, नायक रितेश देशमुख, राजकुमार राव लगायतका कलाकार पुगेका थिए ।समारोहमा ‘उत्कृष्ट निर्देशक’को अवार्ड ‘तानाजी’बाट ओम राउतले जित्दा अमिताभ बच्चनले ‘गुलाबो सिताबो’बाट क्रिटिक्स अवार्ड जितेका छन् । यस्तै, सैफअली खानले ‘उत्कृष्ट सह–नायक’को अवार्ड ‘तानाजी’बाट जितेका छन् । चलचित्र ‘गुलाबो सिताबो’बाट फारुख जफरले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा ‘उत्कृष्ट कथा’को अवार्ड ‘थप्पड’ चलचित्रबाट अनुभव सुशिला सिन्हा र मृणमयी लगू वेकुलले जितेका छन् ।

उत्कृष्ट पटकथाको अवार्ड रोहना गेराले ‘सर’बाट जित्दा ‘गुलाबो सिताबो’बाट जुही चुतर्वेदीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड जिेत । उत्कृष्ट नव–निर्देशकको अवार्ड ‘लुटकेस’बाट राजेश कृष्णनले जित्दा अलाया एफले ‘जवानी जानेमन’ चलचित्रबाट ‘उत्कृष्ट नव–निर्देशक’को अवार्ड जितेकी छिन् ।

कार्यक्रममा, आरडी बर्मन अवार्ड गुलजारलाई प्रदान गरियो । ‘लूडो’ चलचित्रबाट प्रितमले ‘उत्कृष्ट संगीत’को अवार्ड जितेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय