काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा ९२०७००मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् ।सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताएका छन् ।