मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना विरुद्धको खोप आज आउने
भर्खरै

चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना विरुद्धको खोप आज आउने

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021

काठमाडौँ । चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप आज नेपाल आउँदै छ ।

खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी- ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ पुगेको जानकारी दिइएको छ ।

उक्त जहाजमा कोभिड-१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइँदै छ ।

खोपसहितका सामग्री बोकेर उक्त जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४स्३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । उक्त विमान राति ८स्३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।यही चैत १

गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरुले दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय