सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाग्लुङमा आयोजित होली मेलामा झडप, दुईको मृत्यु
भर्खरै

बाग्लुङमा आयोजित होली मेलामा झडप, दुईको मृत्यु

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021

काठमाडौं । बाग्लुङको बडिगाड गाउँपालिका –१० मा होली मेलामा झडप हुँदा दुई जनाको ज्यान गएको छ । गुल्मी, बाग्लुङ र प्युठानको सीमा क्षेत्रमा पर्ने राजकोटको बल्देधुरी भन्ने स्थानमा भएको झडपमा दुई जनाको ज्यान गएको हो ।

झडपमा परी निसीखोला गाउँपालिका–७ राजकोटका २५ वर्षीय प्रकाश कुँवर र सोही स्थानका ३४ वर्षीय दिपक दमाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ । होली खेल्न जम्मा युवाहरुका बीचमा भनाभन हुँदा झडपको रुप लिएको बताइएको छ ।

घटनामा केही बेपत्ता भएको हुन सक्ने

आशंका गरिएपनि यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । झडप भएको स्थानमा आज बिहान प्रहरीको टोली पठाइएको बाग्लुङ प्रहरी स्रोतले जानकारी दियो । यस बिषयमा प्रहरीले विस्तृत विवरण भने दिइसकेको छैन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय