काठमाडौँ । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबलको उपाधिको छिनोफानो आज लाग्ने भएको छ ।
फाइनल खेलमा नेपाल र बंगलादेश पुगेका छन् । दुई टोली बीचको खेल साँझ साँढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर
फाइनल पुगेको हो ।
लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने भए पनि उपाधि आफ्नै टोलीले जित्ने बताएका छन् ।