बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सको पहिलो जित
भर्खरै

फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सको पहिलो जित

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021

एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत भएका खेलमा फ्रान्सले पहिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजकिस्तानको मैदानमा खेलको २० औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।

यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक

जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय