शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्ल्याण्ड विरुद्धको एक दिवसीय सिरिज भारतको पोल्टामा
भर्खरै

इंग्ल्याण्ड विरुद्धको एक दिवसीय सिरिज भारतको पोल्टामा

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021

एजेन्सी । इंग्ल्यान्ड विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा भारतले जित हात पारेको छ ।

पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले कब्जा गरेको हो ।

भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । डाविड मालनले ५० रनको इनिङ्स खेल्दा लियाम

लिभिङस्टोनले ३६ रन बनाए ।यस्तै बेन स्टोक्सले ३५, मोइन अलीले २९ रन जोड्दा कप्तान जोस बट्लरले १५ रन बनाए । आदील राशिद १९ र जासन रोय १४ रनमा आउट भए । मार्क उड पनि १४ रन बनाएर आउट भए ।

भारतका सार्दुल ठाकुरले ४ विकेट लिए । भुवनेश्वर कुमारको नाममा ३ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो ।

भारतका लागि ऋषव पन्तले ७८ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै हार्दिक पाण्डयले ६४ रनको इनिङ्स खेले भने रोहित शर्मा ३७ रनमा आउट भए । शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डयले २५ रन बनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय