मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा थपिए एकैदिन ६८ हजार २ सय ६ कोरोना संक्रमित
भर्खरै

भारतमा थपिए एकैदिन ६८ हजार २ सय ६ कोरोना संक्रमित

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021
Coronavirus on scientific background

एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या भारतमा यो वर्ष एकै दिन पुष्टि भएका मध्येको सर्वाधिक संख्या हो । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुँदै गएको छ ।

यसअघि आइतबार यो वर्षकै सर्वाधिक धेरै ६२ हजार ६ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ ।भारतमा

१ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय