मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तराईका जिल्लामा आज होली पर्व मनाईदैं
भर्खरै

तराईका जिल्लामा आज होली पर्व मनाईदैं

  • सिधा दृष्टी सोमवार, चैत्र १६, २०७७ | March 29, 2021

काठमाडौँ । आइतवार पहाडी तथा हिमाली क्षेत्रमा मनाइएको होली पर्व आज तराईका जिल्लामा मनाइँदै छ । तराईका बासिन्दाहरुले हर्षोल्लासका साथ एकापसमा रङ खेल्दै होली पर्व मनाउने गर्दछन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

पहाडी र हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा मनाइने गरिन्छ । गत वर्ष जस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले होली मनाउँदा भीडभाड नगर्न स्वास्थ्य

मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । घरमै परिवार संगै रहेर होली मनाउने प्रशासनको आग्रह छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय