शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू २३ टोली बीच भएको खेल बराबरीमा टुंगियो
भर्खरै

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू २३ टोली बीच भएको खेल बराबरीमा टुंगियो

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021
फाइल तस्विर

काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एएफसी कप प्लेअफ खेल्ने तयारीमा रहेको आर्मीले किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको हो ।

थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तान ओलम्पिक टिम फाइनल पुग्न असफल भएपछि आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको हो । खेलको पहिलो मिनेटमै आर्मीले गोल गर्ने अवसर पाएपनि विपक्षी गोलकिपर बाधक बने । आर्मीका विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको हेडर किर्गिस्तानका

गोलकिपर प्रियदकिन अर्तेमले बचाए ।
२६ औं मिनेटमा किर्गिस्तान पनि गोल गर्नबाट चुक्यो । अबिलोभ एर्नाजले पेनाल्टी एरिया भित्रबाट हानेको बल कस बारमा लागेर फर्कियो । पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा दुवै टोलीले आक्रमक रुपमा प्रस्तुत हुन सकेनन् । ७३ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी एरियाभित्रबाट गरेको प्रहार किर्गिस्ताजका वैकल्पिक गोलकिपर तोकोताएभ एर्जानले बचाए ।

राष्ट्रिय टिममा रहेका आर्मीका भरत खवास र विकेश कुथु भने किर्गिस्तान विरुद्ध खेलेनन् ।

आर्मीले १० दिनपछि एएफसी कप प्लेअफको पहिलो खेलमा श्रीलंकाको श्रीलंका पुलिससँग खेल्नेछ । चैत २५ गते दशरथ रंगशालामा उक्त खेल हुनेछ । गत सिजन सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मीले एएफसी लाइसेन्स प्राप्त गरेपछि एएफसी कपको प्लेअफ खेल्ने अवसर पाएको हो ।

किर्गिस्तान थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो भने नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय